गजलः दुःखिर'ने घाउ तिमी

गजलः दुःखिर'ने घाउ तिमी
¤आवाज शर्मा¤

मुटुभित्र चस्स चस्स दुःखिर'ने घाउ तिमी
मझधारमा पु-याएर डुबाउने नाउ तिमी

भो सम्झिने मनै छैन किन आउँछौ सपनीमा
मेरो औकात भन्दा ठूलो बजारको भाउ तिमी

बेचिएर आफैसित रमाउँने मृगतृष्णा
जीन्दगी नै जुवा भयो हराउने दाउ तिमी

भूल रै छ मारुनीको छमछमीमा धून सुनेँ ।
पाउजु झै बजिरहेँ कलाकारी पाउ तिमी ।।

21/01/2011

No comments:

Post a Comment