गजलः मझेरीमा तिमी

गजलः मझेरीमा तिमी
¤आवाज शर्मा¤

धेरै टाढा गरेँ खोजी मझेरीमा तिमी हुन्थ्यौ
जवानीकै झरी बर्खा खडेरीमा तिमी हुन्थ्यौ

थिएँ सुख्खा खडेरीको कुनै प्यासी चराजस्तै
नजीकैको कुवा धारा पँधेरीमा तिमी हुन्थ्यौ

हजुरमाका कहानीका चराजस्तै उडूँ लाग्थ्यो
म लोभिन्थेँ भँगेरा झैँ भँगेरीमा तिमी हुन्थ्यौ

जहाँ जाऊँ झझल्कोमा तिमी हुन्थ्यौ सदा साथी
जुनेलीमा थियौ उस्तै अँधेरीमा तिमी हुन्थ्यौ

परीजस्तै उडी आउँथ्यौ म तन्द्रामैँ खुशी हुन्थेँ
बुकी फुल्ने तिनै पाखा पखेरीमा तिमी हुन्थ्यौ

20/01/2011

No comments:

Post a Comment