गजलः मेरा हरेक रातहरू

गजलः मेरा हरेक रातहरू
¤ आवाज शर्मा¤

सुस्केरामा बितेका छन् मेरा हरेक रातहरू
याद बनी सताउँछन् पलपलका साथहरू

चाहिँदैन मदिराको नशा कुनै प्यालाभरि
गालाभरि तप्प झर्छन थोपा थोपा मातहरू

बिर्सन्छु भो भन्दापनि कहाँ सक्छु बिर्सन र
माया गर्दै गला थिच्ने उनै कोमल हातहरू

सानो झोक्का बतासले लुटिएका आशासँगै
हुरीसँगै बरालिन्छन् चाहनाका पातहरू

बेमौसमी असिनाले झारिएको बाला हूँ म
फिका लाग्छन् हुरी झरी खडेरीका घातहरू

04/01/11

No comments:

Post a Comment