गजलः गोलसिमल सहहरू

गजलः गोलसिमल सहहरू
¤ आवाज शर्मा¤

लेख्छु भन्दा नलेखिने मेरा मनका बहहरू
देख्छुभन्दा नदेखिने ब्यथा जम्ने दहहरू

आफै भन्दा धेरै माथि चाहनाका खुट्किला छन्
टेक्छु भन्दा नटेकिने तिर्सनाका तहहरू

खुशी बग्छ अत्तालिँदै सुरौदीको पानीपानी
थेग्छु भन्दा नथेगिने भावनाका गहहरू

संगालेका रहरहरू मंसीरसँगै छिरोलिन्छन्
छेक्छु भन्दा नछेकिने गोलसिमल सहहरू

अक्षरयात्रा
हुँडीकोट
1/1/11

No comments:

Post a Comment