गजलः मजा मान्यौ

गजलः मजा मान्यौ
¤आवाज शर्मा¤

सडकमा डाक्यौ अनि पछारेर मजा मान्यौ ।
वाह वाह उचाल्यौ र थचारेर मजा मान्यौ ।।

तिम्रा झुटा बहाना ती पत्याउँदा नाङ्गो भएँ ।
लाज राख्ने कुनै बाटो नछाडेर मजा मान्यौ ।।

जानाजानी बुनिएका तिम्रा शब्द जालहरू ।
चक्रब्यूह तयार पारी पसालेर मजा मान्यौ ।।

के बिग्र्यो र भनिदियौ खस्नै लागेँ आऊ बचाऊ ।
भीरै छेउ बोलायौ र घचाडेर मजा मान्यौ ।।

टोल छिमेक पँधेरामा मेरै चर्चा हुँदो रै छ ।
दुनियाको नजरबाट खसालेर मजा मान्यौ ।।
23/01/2011

No comments:

Post a Comment