गजलः कोही याद आयो

गजलः कोही याद आयो
¤ आवाज शर्मा¤

जे बिर्सन्छु भन्थेँ सोही याद आयो ।
दुख्यो चस्स छाती कोही याद आयो ।।

छुटेकोछ माया टुटेकोछ आशा ।
म हाँसेछु ब्यर्थै रोई याद आयो ।।

डुबेकोछु आधा बढेकोछ बाढी ।
अँधेरो छ गल्छी गोही याद आयो ।।

तिमी छौ र तिम्रो छ यो चोट ताजा ।
पखालिन्न पीडा धोई याद आयो ।।

मरेकै म हूँ या कुनै भ्रम त्यस्तो
कुनै स्वप्न हो यो छोई याद आयो ।।

27/01/2011

No comments:

Post a Comment