गजलः मदहोसी

गजलः मदहोसी
¤आवाज शर्मा¤


दुबै (पालैपालो):
अझै झुम्न चाहन्छु म यति चाँडै नजगाऊ ।
तिम्रै नजर नशालु छन् भो मदिरा नमगाऊ ।।

महिलाः
मदहोस छु म अझै लडेकी हूँ जानाजानी ।
सम्हालिनै चाहन्न म लड्न देऊ नसघाऊ ।।

पुरुषः
बगैँचाका फूल पनि झुक्किएका हुनसक्छन् ।
भमरा त झुक्किन्छन् नै झुम्नदेऊ नभगाऊ ।।

महिलाः
नमेटिने प्यास तिमी नरित्तिने प्याला हूँ म ।
भोक जगाऊ तिर्खा बढाऊ अझै पिऊ नअघाऊ ।।

पुरुषः
ऐना झुटो बोल्न सक्छ मेरा नजर हेर बरू ।
सुहाउँदैन चुल्ठोमाथि जाई जुई नलगाऊ ।।

दुबै (सँगै):
अझै झुम्न चाहन्छु म यति चाँडै नजगाऊ ।
तिम्रै नजर नशालु छन् भो मदिरा नमगाऊ ।।
17/01/2011

No comments:

Post a Comment