गजलः जिन्दगीमा

गजलः जिन्दगीमा
¤आवाज शर्मा¤

अञ्जुलीमा आँशु थापी गीत गाएँ जिन्दगीको
लालिमाको आश राखी प्रीत लाएँ जिन्दगीको

अनयासै आश टुट्दा घाइते भो पुष्पडाली
कोपिलामै झर्नुपर्ने शीत खाएँ जिन्दगीको

बाँध बाँधी रोकिदैनन् तिर्सनाका भेलबाढी
आँशुहाँसो रै छ जीवन रीत चाहेँ जिन्दगीको

पौरखीले बुझ्नुपर्ने रै छ आफ्नै श्रम के हो
बल्ल आफ्नै पाखुरी भै मीत आएँ जिन्दगीको

लेखिएको भाग्य भन्दै छेकिएथ्यो मूलबाटो
कर्म रोजी मुक्ति खोज्दा जीत पाएँ जिन्दगीको

20/01/2011

No comments:

Post a Comment