गजलः नरम नरम
¤आवाज शर्मा¤
॰
बिझ्ला बरू कपासले काँढा नरम नरम किन ?
आगो थियो चिसो बरू यो हिउँ अझै गरम किन ?
॰
कस्तो मिठो उकुसमुकुस, यो छट्पटी र गुद्गुदी
आकासमा उडेँ कि खै? पन्छी सरी भरम किन ?
॰
आफूसितै लुकौँ लुकौ भागौँ कि झैँ सँधै अचेल
विश्वास भो पराइको आफूसितै सरम किन ?
॰
धर्ती भरी म खोज्छु जून छायाँ उता गगनतिर
पाइन्न जे कसै गरी उस्कै खोजी चरम किन ?
SSIS ISIS SSIS ISIS
बहरे रमल मख्बून
14/10/2011
गजलः नरम हुन्छ
गजलः नरम हुन्छ
¤आवाज शर्मा¤
॰
जति साह्रो हान्छौ मुटु त्यत्ति नरम हुन्छ मेरो ।
मुस्कुराउँछु जब त्यही चोट मलम हुन्छ मेरो ।।
॰
मेरो भक्ति मेरो पूजा केवल तिम्रै बरिपरी ।
तिम्रो नाउँ सम्झी आफ्नो घरमा कदम हुन्छ मेरो ।।
॰
अचानो झै बिनादोष छिया छिया बनाएसी ।
बल्ल 'हारेँ' भन्छौ जब ब्यर्थै सरम हुन्छ मेरो ।।
॰
सबै भन्छन् सँधै हाँस्छ्यौ के राज हो यो खुशीको
उजेलीमा आँशु थाम्ने कडा नियम हुन्छ मेरो ।।
॰
साथीहरू सित कुनै गुनासो र द्वेश छैन ।
साँच्चै भनूँ, आफ्नासित अपेक्षै कम हुन्छ मेरो ।।
07/10/2011

Subscribe to:
Posts (Atom)