गजलः रुँदैछु म आज

गजलः रुँदैछु म आज
¤आवाज शर्मा¤

आफैलाई टाढा छोडी रुँदैछु म आज ।
रुन्न भन्दै बाचा तोडी रुँदैछु म आज ।।

मौका पर्दा कौडी पनि नछोडूँ झैँ लाग्यो ।
बेमौकामा हिरा फोडी रुँदैछु म आज ।।

उज्यालोले पोल्छ भन्दै बहानामा बाँचे ।
अँध्यारोमा यात्रा मोडी रुँदैछु म आज ।।

फूल मलाई बिझाउँथ्यो कपास साह्रो लाग्थ्यो ।
पछुतोका काँढा गोडी रुँदैछु म आज ।।

हिजो साँझ तिम्रै अघि तिम्रो तश्वीर च्यातेँ ।
तिनै टुक्रा टुक्रा जोडी रुँदैछु म आज ।।
04/05/2011

No comments:

Post a Comment