गजलः रीतिकथाको कुरा

गजलः रीतिकथाका कुरा
¤आवाज शर्मा ¤

भो नसुनाऊ उनै, रीतिकथाको कुरा ।
केबल ढोँगी कुनै, नीतिकथाको कुरा ।।

एक पुरानो कथा बिर्सिसकेको छु जो ।
सुन्नु छ मैले त्यही गीतिकथाको कुरा ।।

फूल उनेको थिएँ साथ कलेजी थियो ।
हुन्न पुरानो कहीँ प्रीतिकथाको कुरा ।।

भाग्य सलेदो बन्यो दीप नबाली बसेँ ।
रै छ अँध्यारो यही स्थितिकथाको कुरा ।।

भो नसुनाऊ उनै, रीतिकथाको कुरा ।
केबल ढोँगी कुनै, नीतिकथाको कुरा ।।
22/05/2011

No comments:

Post a Comment