गजलः जिन्दगी

गजलः जिन्दगी छ
¤आवाज शर्मा ¤

पौरखीले भन्छ आफ्नै पाखुरीमा जिन्दगी छ ।
तिर्सनामा रङ्ग भर्ने आतुरीमा जिन्दगी छ ।।

सिर्र मीठो चल्छ हावा बिर्सिइन्छन् दुःख सारा
लाग्छ साँच्चै आफ्नु गाउँकै लाकुरीमा जिन्दगी छ ।

फूल फूल्दा आश बोकी फूल्छ भन्थे भ्रमराको ।
चुम्न पाए कोपिलाले माहुरीमा जिन्दगी छ ।।

सम्झनाको ओढनीले प्रीति फुल्ने गाउँ ढाक्दा
फुल्न जाने बल्ल चोखो माधुरीमा जिन्दगी छ ।।

शब्दसंगै गीत बन्ने ढुक्ढुकीको धून आवाज ।
सुन्नु मात्रै पर्छ मेरो बासुरीमा जिन्दगी छ ।।

No comments:

Post a Comment