गजलः र पो पिउँछु

गजलः र पो पिउँछु
¤आवाज शर्मा¤

प्यालाभरी छाँयासरी हुन्छ्यौ र पो पिउँछु ।
बग्दै नशा हरअंगमा छुन्छ्यौ र पो पिउँछु ।।

बोलाउँदा आँखा तरी भाग्छ्यौ अझै टाढा ।
टोलैभरी हल्ला गरे सुन्छ्यौ र पो पिउँछु ।।

टाढा पराई जस्तो कतै माया नभा जस्तो ।
भैगो भनी घुर्क्याउँदा रुन्छ्यौ र पो पिउँछु ।।

दिन्छ्यौ भनी आशा मलाई जाडो यसै बित्छ ।
बर्षै नयाँ टोपी रुमाल बुन्छ्यौ र पो पिउँछु ।

सातै जुनी साथै बिताऊँ भन्ने सयौँ होलान् ।
सर्माउँदै साथी मलाई चुन्छ्यौ र पो पिउँछु ।।
31/05/2011

No comments:

Post a Comment