गजलः आकास बाँकी छ

गजलः आकास बाँकी छ
¤ आवाज शर्मा ¤

मेरो त धर्ती र आकास बाँकी छ ।
ऊ दीप जल्दैछ उल्लास बाँकी छ ।।

थाहा छ जोबाट आघात भा'को छ ।
होला कि ? त्यै माथि विश्वास बाँकी छ ।।

यो देश हाँसे म बाच्नेछु जो भन्छ ।
उस्कै त गन्तब्य प्रबास बाँकी छ ।।

शंका छ यो दीप निर्धक्क बल्ला र ?
भो फेरि बल्दैन संत्रास बाँकी छ ।।

उठ्ने छ आवाज भत्किन्छ यो रात ।
झुल्किन्छ त्यो सूर्य हो आस बाँकी छ ।।
24/05/2011

No comments:

Post a Comment