गजलः सँगै रोयौँ
¤आवाज शर्मा¤
बोकी रहर आकास भरी उड्दा सँगै रोयौ ।
गन्तब्यमा पुग्नै नपाई छुट्दा सँगै रोयौ ।।
बाधा सयौ पन्छाउँदै तर्दै थियौ खोली ।
डुङ्गा छुटी मझधारमा पुग्दा सँगै रोयौ ।।
झम्के झरी जीवन भयो बाढी पस्यो मनमा ।
बग्दा सँगै भिज्दै गयौ डुब्दा सँगै रोयौ ।।
गल्ती थिए हाम्रा कतै दोषी थिए तृष्णा ।
सम्बन्धको धागो छिनी दुख्दा सँगै रोयौ ।।
आकास खुल्यो बादल हट्यो मेरो हिमाल हाँस्यो ।
यस्तै त हो यो जिन्दगी बुझ्दा सँगै रोयौ ।।
22/05/2011
No comments:
Post a Comment