गजलः के कुरा भो

गजलः के कुरा भो
¤आवाज शर्मा¤

यहाँ घात पियारो छ रहरको के कुरा भो ।
यहाँ पिउनु समुद्रै छ लहरको के कुरा भो ।

न भेटिन्छ कुनै साथ हृदयको घाउ पोल्दा ।
यहाँ गाउँ बिरानो छ शहरको के कुरा भो ।।

उही प्यास अझै बढ्छ छटपटी हुन्छ उस्तै ।
यहाँ फूल बिझाउँछ कहरको के कुरा भो ।।

कठै! भित्र छुरा रै छ सरणमै रै छ धोका ।
यहाँ मृत्यु सुधामैँ छ जहरको के कुरा भो ।।

जहाँ मोति सरी आशु हृदयका धून बन्छन् ।
यहाँ शब्द बुझे पुग्छ बहरको के कुरा भो ।।
10/05/2011

No comments:

Post a Comment