गजलः बिधाताले
¤आवाज शर्मा¤
॰
अस्तित्वको युद्ध चल्यो गुहार माग्यो विधाताले ।
सबैभन्दा मुर्ख आफ्नै नाम राख्यो विधाताले ।।
॰
लुट्यो चोर्यो ढाँट्यो ठग्यो डरायो र मन्दिर पस्यो ।
सिक्का राखी ढोग्दा उस्ले भीख ठान्योविधाताले ।।
॰
मिल्किएको ढुंगो टिपी फूल चढायो बटुवाले ।
त्यहीँ परेवा बलि दिदा विवेक माग्यो विधाताले ।।
॰
पाखण्डी र आडम्बरी भक्तहरू गला थिच्छन् ।
इमान्दार को ? प्रश्न उठ्दा नास्तिक छान्यो विधाताले ।।
20/09/2011
No comments:
Post a Comment