गजलः कोही अचम्म

गजलः कोही अचम्म
¤आवाज शर्मा¤

सँगसँगैको छोडियो कोही अचम्म ।
झन् बिरानो रोजियो कोही अचम्म ।।

शीत पर्दा पातमा टल्क्यो जवानी ।
घामसंगै चोरियो कोही अचम्म

फूलको बास फैलिँदा पाखा पखेरी ।
माहुरी झैँ लोभियो कोही अचम्म ।।

पिंजडा पो रै छ मन् खुल्ला नखुल्ला ।
चूनरीमा छोपियो कोही अचम्म ।।

सिर्सिरेमा के उड्यो मेरो पछ्यौरी ।
रंग बन्दै पोखियो कोही अचम्म ।।
(रमल)
13/06/2012

No comments:

Post a Comment