गजलः फेरि अर्कै

गजलः फेरि अर्कै
¤आवाज शर्मा¤

पर्‍यो त्यै कुराको प्रभाव फेरि अर्कै ।
थियो फेरिएको नकाव फेरि अर्कै ।।

हिजै साँझ यौटा कुनै प्रश्न सोधेँ ।
दियौ मौनताले जवाव फेरि अर्कै ।।

नदेख्दा त लाग्थ्यो म संगै छ छायाँ ।
म देख्दैछु घामको लगाव फेरि अर्कै ।।

नशा भित्र बग्ने नशा मैँ छ भट्टी ।
हरेक साँझ भेट्छौ बहाव फेरि अर्कै ।।

म बोलेर थाकेँ जवाव छैन केही ।
नबोली बस्यौ झन् दबाव फेरि अर्कै ।।

खबर के छ 'बाला'? थियो सुस्त आवाज ।
बढ्यो धुक्धुकीमा तनाव फेरि अर्कै ।।
15/06/2012
जन्मदिन

No comments:

Post a Comment