गजलः नरम नरम

गजलः नरम नरम
¤आवाज शर्मा¤

बिझ्ला बरू कपासले काँढा नरम नरम किन ?
आगो थियो चिसो बरू यो हिउँ अझै गरम किन ?

कस्तो मिठो उकुसमुकुस, यो छट्पटी र गुद्गुदी
आकासमा उडेँ कि खै? पन्छी सरी भरम किन ?

आफूसितै लुकौँ लुकौ भागौँ कि झैँ सँधै अचेल
विश्वास भो पराइको आफूसितै सरम किन ?

धर्ती भरी म खोज्छु जून छायाँ उता गगनतिर
पाइन्न जे कसै गरी उस्कै खोजी चरम किन ?

SSIS ISIS SSIS ISIS
बहरे रमल मख्बून
14/10/2011

No comments:

Post a Comment