गजलः साथीले भन्यो

गजलः साथीले भन्यो
¤आवाज शर्मा¤
¤
पाइला पाइला चुनौति छ साथीले भन्यो ।
काँढा नै त जिन्दगी हो बागीले भन्यो ।।
¤
मैले बल्दा मात्र न हो तिम्रो उज्यालो ।
म निभ्छु र सबै निभ्छ बातीले भन्यो ।।
¤
बाँचे मात्र यो संसार देख्न पाइन्छ ।
गीता छोई ढाँट्छु अचेल साक्षीले भन्यो ।।
¤
तिमी मेरो भर परेर चढ्छौ डुंगामा ।
मैले सँधै देवी भाक्छु माझीले भन्यो ।।
¤
ऐले आराम गर अझै तिम्रो पालो छ ।
भरे छानो उडाउँछु आँधीले भन्यो ।।
31/12/2011

No comments:

Post a Comment