गजलः के चाहियो र ?

गजलः के चाहियो र ?
¤आवाज शर्मा¤
¤
बरू जाती नबोल्दै यी कुरा के चाहियो र ?
बचन पुग्छन् कलेजीमैँ छुरा के चाहियो र ?
¤
घरै आगो लगाएसी खरानीको के दुःख ।
मुठी खोज्दै भुले भैगो मुरा के चाहियो र ?
¤
कता जान्छौ यता भट्टी उता छे कामदेवी ?
जुधे आँखा नशा छायो सुरा के चाहियो र ??
¤
सँधै नौला नयाँ खालका बहाना रच्न सक्छ्यौ ।
कसम खायौ सिँदुर पोते चुरा के चाहियो र ??
¤
म आँ गर्दा अलग्गै त्यो अलङ्कार बुझ्न सक्थेँ ।
जो छर्लङ्गै छ आधामा पुरा के चाहियो र ??
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽ
21/12/2011

No comments:

Post a Comment