गजलः बगरसंगै

गजलः बगरसंगै
¤आवाज शर्मा¤
¤
बालुवामा रहर कोरी रम्न खोज्दा बगरसंगै ।
दुख्छ छाती हुरी चल्दा भत्किएको खबरसंगै ।।
¤
स्वप्न बाल्दै अँधेरीमा ज्योति खोज्दै थियो कोही ।
बल्झियो ऊ बिरानीमा देख्छु मुर्दा शहरसंगै ।।
¤
लक्ष्य के हो ? कहाँ पुग्ने ? उफ् यो कस्तो नशा होला ?
युद्ध जित्दा अझै पीडा काटिएका सफरसंगै ।।
¤
ओखती हो पिऊँ भन्थेँ बिर्सिने हो बहाना त ।
पिउन थाले झझल्को झन् बढ्छ त्यही अशरसंगै ।।
¤
शंख, चीता र यो आगो मात्र केही बहाना हुन् ।
मारिएथेँ, थियो तिम्रो घात पैलो नजरसंगै ।।
ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ
09/12/2011

No comments:

Post a Comment