गजलः आफै सम्हालिन्छु

गजलः आफै सम्हालिन्छु
¤आवाज शर्मा¤
¤
म तड्पिन्छु आफै रुन्छु आफै सम्हालिन्छु ।
र, मन थाम्न आशा बुन्छु आफै सम्हालिन्छु ।।
¤
हरेकपल्ट धोका हुन्छ फूलको कुरा चल्दा ।
अनायास काँढा चुन्छु आफै सम्हालिन्छु ।।
¤
घुँडासम्म बाढी हो नि के को भयो चिन्ता ?
भई ढुक्क आँखा थुन्छु आफै सम्हालिन्छु ।।
¤
तिमी हिड्न सक्दैनौ र लड्छौ उज्यालोमा ।
हुरीमा म दीयो हुन्छु आफै सम्हालिन्छु ।।
¤
म हूँ अग्नि पथको यात्रु खेल्दै चुनौतीमा ।
खुशी भै म आगो छुन्छु आफै सम्हालिन्छु ।।
¤
नबोल्दा म जाती मान्छु आवाज झुटो लाग्छ ।
म ती मौन आँखा सुन्छु आफै सम्हालिन्छु ।।
।ऽऽ ।ऽऽऽ ।ऽऽ ।ऽऽऽ
(तबील)
10/01/2012

No comments:

Post a Comment