गजलः र पो रोएँ

गजलः र पो रोएँ
¤आवाज शर्मा¤

दियो बाल्दै अँधेरीमा हिड्यौ तिम्ले र पो रोएँ ।
म भित्रैको म को हू ? त्यै, चिन्यौ तिम्ले र पो रोएँ ।।

सँगै हुन्थ्यौ सँगै खेल्थ्यौ सँगै जित्थ्यौँ सँगै हार्थ्यौ ।
म हार्दा मैँ बरू हाँस्थे, जित्यौ तिम्ले र पो रोएँ ।।

थियो यौटा सिमारेखा, म बैरी हूँ नभन्दा नि ।
जित्यौ गुनले, नियम कानून, मिच्यौ तिम्ले र पो रोएँ ।।

सयौँ चोटी झर्‍यो भाग्यऽ, नदेखेँ झैँ गरे मैले ।
त्यही मौका अनायासै, टिप्यौ तिम्ले र पो रोएँ ।।
25/12/2011

No comments:

Post a Comment