गजलः नहोस् बरू

गजलः नहोस् बरू
¤आवाज शर्मा¤
¤
यस्तो बिमार चढे हुन्थ्यो निदान नहोस् बरू ।
पाउ राख्ने ठाउँ मिलोस् सिरान नहोस् बरू ।
¤
आकासका तारा गन्दै झर्दा सँगै झरूँ ।
मलाई त्यो रात देऊ बिहान नहोस् बरू ।।
¤
सजायँ देऊ म सहन्छु ऐया भन्ने छैन ।
को हो दोषी के हो दोष किटान नहोस् बरू ।।
¤
तिम्रा हुकुम मेरो निम्ति अक्षर ढुंगामा झैँ ।
चल्छ, चल्छु, नियम कानुन बिधान नहोस् बरू ।।
¤
सक्छौ भने यस्तो हान्नू आवाज निस्सासियोस् ।
घाउ लागोस् कलेजीमै निशान नहोस बरू ।।
25/11/2011

No comments:

Post a Comment