गजलः मन

गजलः मन
¤आवाज शर्मा¤

पिरोलिन्छ छाती छिरोलिन्छ मन
हुँदै अश्रु बर्खा निचोरिन्छ मन

जहाँ बाल्छु दीयो चोखो प्रेमको
चली दुष्ट आँधी बिथोलिन्छ मन

पराई कसैको गरी सम्झना
सँगै हुन्न आफ्नै बिछोडिन्छ मन

कुनै आँकुरा झैँ पलाएर आश
तुषारो नपर्दै निमोठिन्छ मन

कुनै छैन चिन्ता म हार्दा बरू
अरूले जितेमा चिमोटिन्छ मन

सँधै गुम्सिएको छ आवाज यो
चिरा पर्छ छाती र पोखिन्छ मन

(भुजङ्गी)
04/11/2011

No comments:

Post a Comment