गजलः अभिशाप खोज्दैछु

गजलः अभिशाप खोज्दैछु म
¤आवाज शर्मा¤

निस्सासिएँ आशीषले अभिशाप खोज्दैछु म।
फँस्दा अझै मज्जा बढोस् हो धराप खोज्दैछु म ।।

मेरा सयौँ बाटाहरू मसँगै हराए कतै ।
गन्तब्यमा डोह्र्याउने पदचाप खोज्दैछु म ।।

मात्रै सहेँ घोच्यौ डस्यौ बदला छ बाँकी हिसाब ।
फाँसी हुँदा लज्जा नहोस् त्यति पाप खोज्दैछु म ।।

आडम्बरी मुर्दाहरू त डराउँछन् मर्न रे
लड्दै मरूँ त्यै मृत्युको अनुलाप खोज्दैछु म ।।

आफूसितै बिद्रोहको पुजनीय सिद्धान्तमा
गौरब गरूँ गल्ती हुँदा परिताप खोज्दैछु म ।।
SSIS SSIS IISI SSIS
16/10/2011

No comments:

Post a Comment