गजलः याद आयो

गजलः याद आयो
¤आवाज शर्मा¤

उही चोखो प्रेम मीठो निशानीको याद आयो ।
उनी आइन् फेरि उस्तै जवानीको याद आयो ।।

सँधै दुख्ने भाग्य यस्को बिना दोषै रुझ्छ भिज्छ ।
हुँदा एक्लै दुःख साट्ने सिरानीको याद आयो ।।

मधूकरकी मालती झैँ म हूँ भन्थिन् जन्म जन्म
कसम सम्झेँ ती पुराना कहानीको याद आयो

उनी हाँस्दा फूल हाँस्थ्यो म लोभिन्थेँ चाँदनीमा
उनै जादू, कोमलाङ्गी, हिमानीको याद आयो ।
।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
08/11/2011

No comments:

Post a Comment