गजलः क्यै छ तिम्रो भन्नु बाँकी

गजलः क्यै छ तिम्रो भन्नु बाँकी
¤आवाज शर्मा¤
¤
रोप्छु काँढा राख्छु बाँझो, क्यै छ तिम्रो भन्नु बाँकी ?
हो म पक्कै पिउँछु आगो क्यै छ तिम्रो भन्नु बाँकी ??
¤
रुन्न भन्दा आँशु झर्छन् थाम्न खोज्यो थामिदैनन् ।
मन कसैको हुन्न सानो क्यै छ तिम्रो भन्नु बाँकी ??
¤
आज छुट्ला भोलि जुट्ला छुट्छ माया जुट्छ फेरि ।
यो अरूको हैन चासो क्यै छ तिम्रो भन्नु बाँकी ??
¤
पुग्नुपर्ने ठाउँ एउटै मिल्नु आखिर माटोमै हो ।
को कहाँको को कहाँको क्यै छ तिम्रो भन्नु बाँकी ??
¤
मैँ नजान्ने मैँ नबुझ्ने भो तिमी नै छौ बुझेको ?
पाडो लाटो काग बाठो क्यै छ तिम्रो भन्नु बाँकी ??
¤
हो, नबोली भित्र भित्रै गुम्सिएको रै छ आवाज
आज पक्कै बोल्छ लाटो क्यै छ तिम्रो भन्नु बाँकी ??
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
20/01/2012

No comments:

Post a Comment