गजलः फेरिएछ

गजलः फेरिएछ
¤आवाज शर्मा¤
¤
हात उस्तै घात उस्तै मात्र तरबार फेरिएछ ।
खिस्स हाँसी छेउ डाक्यौ देख्छु ब्यापार फेरिएछ ।।
¤
बारुलाकै हो गुनासो, फूल घाती रै छ भन्थ्यो
फूललाई हुन्छ फाँसी न्याय सँस्कार फेरिएछ ।।
¤
आज टेबुल माथिबाटै हात थापी माग्छ हाकिम ।
माथिसम्मै भाग पुग्थ्यो लाग्छ खरदार फेरिएछ ।।
¤
हुन्छ यौटा रङ उडे झैँ देख्छु अर्को चम्किदैछ ।
या त जाग्यो अख्तियार नै या त सरकार फेरिएछ ।।
¤
सत्य मात्रै बोल्छ 'आवाज' पागलै हो भन्ने गर्थ्यो।
दम्भ भत्क्यो दूनियाँको आज आधार फेरिएछ ।
(रमल)
23/01/2012

No comments:

Post a Comment