गजलः बिचार उस्तै

गजलः बिचार उस्तै
¤ आवाज शर्मा¤

तिम्रो चाहना उस्तै मेरो बिचार उस्तै ।
तिम्रो जवानी उस्तै मेरो निखार उस्तै ।।

काल, लगन, ग्रह, दशा अनिष्ट छन् रे !
तिम्रो ज्योतिषी उस्तै मेरो निधार उस्तै ।।

चर्चा यसै नि चल्छ चल्दा आपत्ती किन ।
तिम्रो सामिप्य उस्तै मेरो श्रृङ्गार उस्तै ।।

निको कहिल्यै हुन्न कुनै दवाइले छुन्न ।
तिम्रो उपचार उस्तै मेरो बिमार उस्तै ।।

म पो हाँसे झैँ रोएँ तिमी रोए झै हाँस्यौ ।
तिम्रो 'आवाज' उस्तै मेरो चित्कार उस्तै ।।
17/02/2011

1 comment:

  1. निको कहिल्यै हुन्न कुनै दवाइले छुन्न ।
    तिम्रो उपचार उस्तै मेरो बिमार उस्तै ।।
    क्या गजब छन सेरहरु । गज्जब लाग्यो ।

    ReplyDelete