गजलः पुर्णिमाको मज्जा
¤आवाज शर्मा¤
॰
पुर्णिमाको मज्जा कहाँ रातै नभै त ।
त्यो नशा खै के को नशा मातै नभै त ।।
॰
छट्पटीमा भिज्दै गयो तिम्रो सिरानी ।
मर्म यस्को खुल्ला र खै?! बातै नभै त ।।
॰
फूल छाडी काँढा चुन्यौ बाटो बिरायौ ।
चोट प्यारो लाग्थ्यो कहाँ घातै नभै त ।।
॰
भेट यस्ता आत्मीय छन् भुल्नै नसक्ने ।
नाउँ के दिऊँ ? सम्बन्धको नातै नभै त ।।
॰
पालुवा हो यो जिन्दगी मौसम अनेकौ ।
फूलकै के अस्तित्व भो पातै नभै त ।।
27/08/2011
गजलः रातै हुँदैन
गजलः रातै हुँदैन
¤आवाज शर्मा¤
॰
उज्यालो मन भैदिएमा रातै हुँदैन ।
अँध्यारोमा हिड्न जाने घातै हुँदैन ।
॰
सबै केबल स्वार्थ साँध्ने आडम्बरी रे ।
कता खोज्छौ सत्य साँचो नातै हुँदैन ।।
॰
पढे सक्छौ जिन्दगी यो, आऊ तयार छु ।
खुला पुस्तक बन्छु छोप्ने गातै हुँदैन ।।
॰
सबै आफ्ना मात्र हुन्छन् हुन्नन् पराई ।
जहाँ भाषा, धर्म, संस्कार, जातै हुँदैन ।।
॰
इशारामै खुल्छ प्रत्येक गम्भीर रहश्य ।
यहाँ आँखा आत्म बोल्छन् बातै हुँदैन ।।
24/08/2011

गजलः रोएको छु
गजलः रोएको छु
¤आवाज शर्मा¤
॰
कैले दुख्दै रोएँ कैले दुखाउँदै रोएको छु
कैले झुक्दै रोएँ कैले झुकाउँदै रोएको छु
॰
नियतीका प्रहारसँगै कैले यता कैले उता
कैले जुध्दै रोएँ कैले जुधाउँदै रोएको छु
॰
छातीभित्रै आगो बल्दा उसिनिने मन मेरो
कैले बुझ्दै रोएँ कैले बुझाउँदै रोएको छु
॰
एउटै नदी साझा डुङ्गा कोशौ टाढा दुइटा मन
कैले डुब्दै रोएँ कैले डुबाउँदै रोएको छु
॰
बाँधिएर जुगैभरी पराइको अँगालोमा
कैले लुट्दै रोएँ कैले लुटाउँदै रोएको छु
24/08/2011
¤आवाज शर्मा¤
॰
कैले दुख्दै रोएँ कैले दुखाउँदै रोएको छु
कैले झुक्दै रोएँ कैले झुकाउँदै रोएको छु
॰
नियतीका प्रहारसँगै कैले यता कैले उता
कैले जुध्दै रोएँ कैले जुधाउँदै रोएको छु
॰
छातीभित्रै आगो बल्दा उसिनिने मन मेरो
कैले बुझ्दै रोएँ कैले बुझाउँदै रोएको छु
॰
एउटै नदी साझा डुङ्गा कोशौ टाढा दुइटा मन
कैले डुब्दै रोएँ कैले डुबाउँदै रोएको छु
॰
बाँधिएर जुगैभरी पराइको अँगालोमा
कैले लुट्दै रोएँ कैले लुटाउँदै रोएको छु
24/08/2011
गजलः उजेलीलाई
गजलः उजेलीलाई
¤आवाज शर्मा¤
॰
कता छोपूँ उदाएको, उषा लाली उजेलीलाई ।
यसै गाली गर्यौ ब्यर्थै, बिहानीको जुरेलीलाई ।।
॰
दुवालीमा के छेकिन्थ्यो, पहाड फोड्ने नदीको बेग् ।
तिमी छेक्ने हिसाब गर्छौ, नदी गर्जन सुसेलीलाई ।।
॰
उमेर संगै सुवास चढ्दा, सयौँ आशा यसै बढ्छन् ।
नफुल बास्ना नछर भन्छौ, बगैचाकी चमेलीलाई ।।
॰
नबुझ्दा नै थियो जाती, बुझेँ उल्टै दुख्यो छाती ।
जवानीमा नसुल्झेका सयौँ तिम्रा पहेलीलाई ।।
ISSS ISSS ISSS ISSS
बहरे हजज
छन्दः विधाता
30/07/2011

गजलः तलास हूँ
गजलः तलास हूँ
¤आवाज शर्मा¤
कस्तुरी म खोजिएर नटुङ्गिने तलास हूँ ।
साथ हुन्छु छुन्छु चुम्छु नदेखिने बतास हूँ ।।
पलाउँदा छट्पटी र उकुस मुकुस नजानिदो
सुस्त सुस्त नीँद खोस्छु बिझाउने कपास हूँ ।
लक्ष्य आफ्नु प्राप्ति आफ्नु खुशी छु यै अभावमा
रातमा नि चम्किरहने म जूनकिरी प्रकास हूँ
भमराको भोग्य वस्तु हुने रहर ममा कहाँ ?
भित्र लुक्छु हो देखिन्नँ पलाँसको सुवास हूँ ।
जिन्दगीको दीप बाल्छु म हुन्छु हर रहरभरि
बाँचेसम्म साथ दिन्छु म आश हूँ म स्वास हूँ ।
20/07/2011

गजलः नेपालीको
गजलः नेपालीको
¤आवाज शर्मा¤
॰
सीमा मिच्यो दशगजामा बास थियो नेपालीको ।
पसिनाको कमाइ लुट्यो गास थियो नेपालीको ।।
॰
हत्कडी हो फेरिएको मात्र जेल हो सारिएको ।
साँच्चै रिहा हुन्छु भन्ने आश थियो नेपालीको ।।
॰
मझधारमा पुग्दैखेरी जानाजानी डुँगा डुब्यो ।
मर्यो भनी छाडेपनि सास थियो नेपालीको ।।
॰
केटाकेटी जस्तै गरी आगो खेले रमितेले।
घर जलेर खरानीको रास थियो नेपालीको ।।
॰
खस मधेसी जनजातीको भोज चल्दै थियो यता ।
त्यहीँ कतै छियाछिया लास थियो नेपालीको ।।
14/07/2011

गजलः रात बाँकी रै छ अझै
गजलः रात बाँकी रै छ अझै
¤आवाज शर्मा¤
॰
भर्खरै जून, पारी डुब्यो, रात बाँकी, रै छऽ अझै ।
कुन्नि के भो, निद्रा पुग्यो, रात बाँकी, रै छऽ अझै ।
॰
दुनियाको आँखा छली पाप गर्छन ठूला बडा
फेरि स्यालको हुइयाँ छुट्यो रात बाँकी रै छऽ अझै ।।
॰
साँझ परेसी प्यालासँगै याद पिउँथेँ मात्ने गरी
भुल्छु भन्दा छाती दुख्यो रात बाँकी रै छऽ अझै
॰
मर्नु बाँच्ने दोसाँधमा राख्नु उसको धर्मै थियो ।
माकुरीले जाली बुन्यो रात बाँकी रै छऽ अझै ।।
॰
जिन्दगी मै गन्तब्यहीन लक्ष्यगामी यात्री थिएँ ।
आजकै बास छिट्टै उठ्यो रात बाँकी रै छऽ अझै ।।

गजलः अझै बाँकी थियो
गजलः अझै बाँकी थियो
¤आवाज सर्मा¤
॰
बेहोसीमा एक्लै पिएँ रात अझै बाँकी थियो ।
होस फिर्दा सम्बन्धको मात अझै बाँकी थियो ।
॰
जिन्दगीकै बाटो अलग हुन्छ यही घुम्तीसँगै ।
गर्नु हुन्थ्यो आजै निधो बात अझै बाँकी थियो ।।
॰
अनयासै हूरी चल्यो झर्न पुग्यो फूल कोपिला ।
पालुवाको पर्खाइमा पात अझै बाँकी थियो ।।
॰
खण्डहरको छेउमै पुगी के छ भनी सोध्यौ जहाँ ।
भत्किएका संकल्पको खात अझै बाँकी थियो ।।
॰
कुन्नि के भो आवाजमा बोल्छु भनेँ भक्कानिएँ ।
चस्स दुख्थ्यो बेला बखत घात अझै बाँकी थियो ।।
12/07/2011
बहरे मुजास अखरम
SISS SSIS SIIS SSIS

गजलः पुतलीको माया
गजलः पुतलीको माया
¤आवाज शर्मा¤
॰
पुतलीको बत्तीसितै माया बस्यो कि ?
धरतीमा आकाशको तारा खस्यो कि ?
॰
जोसुकैले जे जे भनून् ख्यालै भएन ।
ढडियामा माछीसरी जीवन फस्यो कि ?
॰
भर पर्दा बिश्वासमा पैरो चल्यो रे ।
मुटु चिर्दै आफन्तले भाला धस्यो कि ?
॰
किन आँखा साउन बनी बर्सिरहे हँ ?
बेदनाको हूरी चली बाढी पस्यो कि ?
॰
नबोलेरै निस्सासियौ आवाज कहाँ छ ?
पिरती नै फाँसी बनी गला कस्यो कि ?
10/07/2011
(बहरे हजज अस्तर अखरम महजुफ)
¤आवाज शर्मा¤
॰
पुतलीको बत्तीसितै माया बस्यो कि ?
धरतीमा आकाशको तारा खस्यो कि ?
॰
जोसुकैले जे जे भनून् ख्यालै भएन ।
ढडियामा माछीसरी जीवन फस्यो कि ?
॰
भर पर्दा बिश्वासमा पैरो चल्यो रे ।
मुटु चिर्दै आफन्तले भाला धस्यो कि ?
॰
किन आँखा साउन बनी बर्सिरहे हँ ?
बेदनाको हूरी चली बाढी पस्यो कि ?
॰
नबोलेरै निस्सासियौ आवाज कहाँ छ ?
पिरती नै फाँसी बनी गला कस्यो कि ?
10/07/2011
(बहरे हजज अस्तर अखरम महजुफ)
Subscribe to:
Posts (Atom)