गजलः सम्झनामा कोही छ

गजलः सम्झनामा कोही छ
¤आवाज शर्मा¤
 ॰
 सम्झनामा कोही छ ऊ जिउन एउटा आधार हो ।
भूल होस् या तृष्णा कुनै, लाग्छ साँच्चै यो प्यार हो !

 पर्ख, दीयो बल्दैथियो त्यै निभाई के खोज्दछौ ?
जे निभ्यो त्यो माया थियो देखिएको ब्यापार हो ।

हर कदममा भेटिन्छ घात, पाउ आफ्नै टेक्ने गरौँ
रोप्छ भाला माया गरी, यो अनौठो संसार हो ।

को पराई, आफन्त को ? चिन्नु पर्ने पहिलै थियो ।
यै नजरले धोका दियो मन त आफ्नै गद्दार हो ।।

आत्मघाती यो मौनता तोड्नुपर्थ्यो 'आवाज' खै ?
सुन्छु 'बाला' बोल्दैन रे ऊ अधम हो लाचार हो ।।
(मुतदारिक मुसद्दस मक्तुअ मुदाइफ)
10/06/2012

No comments:

Post a Comment