गजलः भोलिसम्म

गजलः भोलिसम्म
¤आवाज शर्मा¤

केही चिरा पार्छु आज जुट्छौ यसै भोलिसम्म
लुट्थ्यौ हिजो त्यै भनेर लुट्छौ यसै भोलिसम्म

मैले भनेँ, या त छोड, या तोड भो, तड्पिदैछु ।
तिम्ले भन्यौ छाडिदिन्छु टुट्छौ यसै भोलिसम्म ।।

ताराहरू भेट्छु साथ मेरा दुखी पलहरूमा ।
आऊ बसौँ यत्ति रात छुट्छौ यसै भोलिसम्म ।।

वर्षा भई बर्सिँदा त फोका बनी उम्लिँदैछौ ।
उन्माद त्यो क्यै रहन्न फुट्छौ यसै भोलिसम्म ।।

SSIS SISI SSIS SISS
बहरे मुजास मक्फूफ
31/05/2012

No comments:

Post a Comment