गजलः यात्रा जहाँ जहाँ

गजलः यात्रा जहाँ जहाँ
¤आवाज शर्मा¤

यात्रा जहाँ जहाँ पुगोस् बल्झाउने म जाल हूँ ।।
त्यो दाउमा छ जिन्दगी हार्ने उही कुचाल हूँ ।

आँखा भदौ बनाउँदै बोल्छन् कथा अतीतका ।
मायालु भै रुवाउने उस्कै चिनो रुमाल हूँ ।।

राखेर मन् लिलाममा किन्दैछु यी गजलहरू ।
आरोप सबै सही थिए मऽ शब्दको दलाल हूँ ।।

तिम्रा सयौँ गुनासोका मैले दिऊँ जवाफ के ?
जे जे गरूँ नसुल्झिने आफै म एक सवाल हूँ ।।

आवाज हूँ दबाउँदा, रोक्दा कहाँ दबिन्छु र ?
आफै जली जलाउने बिद्रोहको मशाल हूँ ।।

SSIS ISIS SSIS ISIS
रमल मुसम्मन मख्बून
28/05/2012

No comments:

Post a Comment