गजलः रीतिकथाका कुरा
¤आवाज शर्मा ¤
भो नसुनाऊ उनै, रीतिकथाको कुरा ।
केबल ढोँगी कुनै, नीतिकथाको कुरा ।।
एक पुरानो कथा बिर्सिसकेको छु जो ।
सुन्नु छ मैले त्यही गीतिकथाको कुरा ।।
फूल उनेको थिएँ साथ कलेजी थियो ।
हुन्न पुरानो कहीँ प्रीतिकथाको कुरा ।।
भाग्य सलेदो बन्यो दीप नबाली बसेँ ।
रै छ अँध्यारो यही स्थितिकथाको कुरा ।।
भो नसुनाऊ उनै, रीतिकथाको कुरा ।
केबल ढोँगी कुनै, नीतिकथाको कुरा ।।
22/05/2011
गजलः सँगै रोयौँ
गजलः सँगै रोयौँ
¤आवाज शर्मा¤
बोकी रहर आकास भरी उड्दा सँगै रोयौ ।
गन्तब्यमा पुग्नै नपाई छुट्दा सँगै रोयौ ।।
बाधा सयौ पन्छाउँदै तर्दै थियौ खोली ।
डुङ्गा छुटी मझधारमा पुग्दा सँगै रोयौ ।।
झम्के झरी जीवन भयो बाढी पस्यो मनमा ।
बग्दा सँगै भिज्दै गयौ डुब्दा सँगै रोयौ ।।
गल्ती थिए हाम्रा कतै दोषी थिए तृष्णा ।
सम्बन्धको धागो छिनी दुख्दा सँगै रोयौ ।।
आकास खुल्यो बादल हट्यो मेरो हिमाल हाँस्यो ।
यस्तै त हो यो जिन्दगी बुझ्दा सँगै रोयौ ।।

गजलः सिरानी भिज्छ
गजलः सिरानी भिज्छ
¤आवाज शर्मा ¤
सिरानी भिज्छ पोखिन्छे उदासी भित्र ऊ ।
विहानी हुन्छ अग्लिन्छे उचाई भित्र ऊ ।।
जुटाई आश राख्छे ऊ लुकाई तिर्सना ।
निशानी डुब्छ तैरिन्छे सुनामी भित्र ऊ ।।
उठाउँछे शीर तेर्सिन्छन् हजारौँ बाध्यता ।
सुनामी उठ्छ भत्किन्छे तुफानी भित्र ऊ ।।
छ आफ्नै चाह आफै झैँ अचम्मै चञ्चले ।
जवानी चढ्छ तड्पिन्छे कुमारी भित्र ऊ ।।
सिरानी भिज्छ पोखिन्छे उदासी भित्र ऊ ।
विहानी हुन्छ अग्लिन्छे उचाई भित्र ऊ ।।
17/5/2011

गजलः जिन्दगी
गजलः जिन्दगी छ
¤आवाज शर्मा ¤
पौरखीले भन्छ आफ्नै पाखुरीमा जिन्दगी छ ।
तिर्सनामा रङ्ग भर्ने आतुरीमा जिन्दगी छ ।।
सिर्र मीठो चल्छ हावा बिर्सिइन्छन् दुःख सारा
लाग्छ साँच्चै आफ्नु गाउँकै लाकुरीमा जिन्दगी छ ।
फूल फूल्दा आश बोकी फूल्छ भन्थे भ्रमराको ।
चुम्न पाए कोपिलाले माहुरीमा जिन्दगी छ ।।
सम्झनाको ओढनीले प्रीति फुल्ने गाउँ ढाक्दा
फुल्न जाने बल्ल चोखो माधुरीमा जिन्दगी छ ।।
शब्दसंगै गीत बन्ने ढुक्ढुकीको धून आवाज ।
सुन्नु मात्रै पर्छ मेरो बासुरीमा जिन्दगी छ ।।

गजलः के कुरा भो
गजलः के कुरा भो
¤आवाज शर्मा¤
यहाँ घात पियारो छ रहरको के कुरा भो ।
यहाँ पिउनु समुद्रै छ लहरको के कुरा भो ।
न भेटिन्छ कुनै साथ हृदयको घाउ पोल्दा ।
यहाँ गाउँ बिरानो छ शहरको के कुरा भो ।।
उही प्यास अझै बढ्छ छटपटी हुन्छ उस्तै ।
यहाँ फूल बिझाउँछ कहरको के कुरा भो ।।
कठै! भित्र छुरा रै छ सरणमै रै छ धोका ।
यहाँ मृत्यु सुधामैँ छ जहरको के कुरा भो ।।
जहाँ मोति सरी आशु हृदयका धून बन्छन् ।
यहाँ शब्द बुझे पुग्छ बहरको के कुरा भो ।।
10/05/2011

गजलः रुँदैछु म आज
गजलः रुँदैछु म आज
¤आवाज शर्मा¤
आफैलाई टाढा छोडी रुँदैछु म आज ।
रुन्न भन्दै बाचा तोडी रुँदैछु म आज ।।
मौका पर्दा कौडी पनि नछोडूँ झैँ लाग्यो ।
बेमौकामा हिरा फोडी रुँदैछु म आज ।।
उज्यालोले पोल्छ भन्दै बहानामा बाँचे ।
अँध्यारोमा यात्रा मोडी रुँदैछु म आज ।।
फूल मलाई बिझाउँथ्यो कपास साह्रो लाग्थ्यो ।
पछुतोका काँढा गोडी रुँदैछु म आज ।।
हिजो साँझ तिम्रै अघि तिम्रो तश्वीर च्यातेँ ।
तिनै टुक्रा टुक्रा जोडी रुँदैछु म आज ।।
04/05/2011

गजलः उनी थिइन्
गजलः उनी थिइन्
¤आवाज शर्मा¤
बाँधिएथ्यौँ अँगालोमा करेलीमा उनी थिइन् ।
त्यहीँ थियो चोखो माया भरेलीमा उनी थिइन् ।।
गाई बाख्रा चराउँदै सालैजोमा कुरा गर्थ्यौँ ।
चुल्ठो माथि बुकी उन्दा टरेलीमा उनी थिइन् ।।
सँगै गर्थ्यौ लेक बेशी सँगै जान्थ्यौ मेलापात ।
अर्म पर्म सँगै थियो परेलीमा उनी थिइन् ।।
तिर्सना भै मोतिदाना पसिना झै तप्प झर्थे ।
सँगै होस्टे हैँसे गर्थ्यौँ झरेलीमा उनी थिइन् ।।
अझै पनि ताजा पाउँछु झझल्कोमा 'बाला'पन ।
नमेटिने सम्झनाका तरेलीमा उनी थिइन् ।।
24/04/2011

गजलः कहाँ छ ?
गजलः कहाँ छ ?
¤आवाज शर्मा¤
म भन्छु नियम् र बिधान कहाँ छ ?
दवाइ छ अवश्य निदान कहाँ छ ??
न शीर न पाउ कतै छ कि भेउ ?
गर्यौ कि तलास सिरान कहाँ छ ??
नबेच त भन्छु म के छ र बेच्नु ?
छ मात्र शरीर इमान कहाँ छ ??
अगाडि छ जे छ मसान सरी छ ।
र फेरि नसोध चिहान कहाँ छ ??
अझै त छ देश छ सूर्य र चन्द्र ।
हराउन सक्छ निशान कहाँ छ ??
16/04/2011
¤आवाज शर्मा¤
म भन्छु नियम् र बिधान कहाँ छ ?
दवाइ छ अवश्य निदान कहाँ छ ??
न शीर न पाउ कतै छ कि भेउ ?
गर्यौ कि तलास सिरान कहाँ छ ??
नबेच त भन्छु म के छ र बेच्नु ?
छ मात्र शरीर इमान कहाँ छ ??
अगाडि छ जे छ मसान सरी छ ।
र फेरि नसोध चिहान कहाँ छ ??
अझै त छ देश छ सूर्य र चन्द्र ।
हराउन सक्छ निशान कहाँ छ ??
16/04/2011
गजलः गाउँ प्यारो
गजलः गाउँ प्यारो
¤आवाज शर्मा¤
मलाई मेरै गाउँ प्यारो
म जन्मेकै ठाउँ प्यारो
नजर छोपी सुस्त बोली
म हूँ भन्थ्यौ नाउँ प्यारो
नरोऊ भन्थेँ आशुँ झार्दा
पिरो खट्टा पाउँ प्यारो
थियो हाम्रो प्रीत चोखो
लगानीकै साउँ प्यारो
मलाई मेरै गाउँ प्यारो
म जन्मेकै ठाउँ प्यारो
16/04/2011
¤आवाज शर्मा¤
मलाई मेरै गाउँ प्यारो
म जन्मेकै ठाउँ प्यारो
नजर छोपी सुस्त बोली
म हूँ भन्थ्यौ नाउँ प्यारो
नरोऊ भन्थेँ आशुँ झार्दा
पिरो खट्टा पाउँ प्यारो
थियो हाम्रो प्रीत चोखो
लगानीकै साउँ प्यारो
मलाई मेरै गाउँ प्यारो
म जन्मेकै ठाउँ प्यारो
16/04/2011
गजलः आज फेरि पनि
गजलः आज फेरि पनि
¤आवाज शर्मा¤
झझल्कोमा तप्प आँशु खस्यो आज फेरि पनि ।
निस्सासिँदो सम्झनाले कस्यो आज फेरि पनि ।।
जून थियो लाखौँ लाख तारा थिए आकासमा ।
जस्लाई रोजेँ त्यही तारा खस्यो आज फेरि पनि ।।
बल्झिएको घाउ थियो अल्झिएको झिनो आशा ।
त्यही आशा बिषालु भै डस्यो आज फेरि पनि ।।
भुलूँ भन्छु कति कुरा अझै गाढा हुन्छन् किन ।
छातीभित्रै शूल बनी बस्यो आज फेरि पनि ।।
भन्नै पर्ने थिए कति शब्द कहाँ कहाँ दुखे ।
मेरो आवाज भुमरीमा पस्यो आज फेरि पनि ।।
14/04/2011
नयाँ वर्ष-2068

Subscribe to:
Posts (Atom)