गजलः सिरानी भिज्छ

गजलः सिरानी भिज्छ
¤आवाज शर्मा ¤

सिरानी भिज्छ पोखिन्छे उदासी भित्र ऊ ।
विहानी हुन्छ अग्लिन्छे उचाई भित्र ऊ ।।

जुटाई आश राख्छे ऊ लुकाई तिर्सना ।
निशानी डुब्छ तैरिन्छे सुनामी भित्र ऊ ।।

उठाउँछे शीर तेर्सिन्छन् हजारौँ बाध्यता ।
सुनामी उठ्छ भत्किन्छे तुफानी भित्र ऊ ।।

छ आफ्नै चाह आफै झैँ अचम्मै चञ्चले ।
जवानी चढ्छ तड्पिन्छे कुमारी भित्र ऊ ।।

सिरानी भिज्छ पोखिन्छे उदासी भित्र ऊ ।
विहानी हुन्छ अग्लिन्छे उचाई भित्र ऊ ।।

17/5/2011

No comments:

Post a Comment