गजलः मेरी प्रिया
¤आवाज शर्मा¤
परेलीमा सजाएको रहर जस्ती मेरी प्रिया
जुनेली भै लजाएको प्रहर जस्ती मेरी प्रिया
कुनै जादू चमत्कार झैँ जता हेर्र्यो उतै राम्री
परी आई बसाएको शहर जस्ती मेरी प्रिया
अझै दुख्न रहरलाग्ने दुखै जाती भनूँजस्तो
खुशीराजी रुचाएको कहर जस्ती मेरी प्रिया
रिसाउँछ्यौ झन् नजिक आउँछ्यौ खुशी पार्दा कसो होला
सुधा बन्दै रसाएको जहर जस्तै मेरी प्रिया
मेरा सप्ना भरी आउँछ्यौ निधार चुम्छ्यौ हराइहाल्छ्यौ
समुन्द्रमै हराएको लहर जस्तै मेरी प्रिया
28/01/2011
No comments:
Post a Comment