गजलः परदेश
¤ आवाज शर्मा¤
म शेष भित्रकै अवशेषमा छु ।
म क्लेश भित्रकै , परिवेशमा छु ।
न सक्छु मनको बहमा म हाँस्न
म ठेश भित्रकै नि हरेशमा छु ।
भए म सतकौँ हतियार तिम्रै
म चेश भित्रकै पनि रेशमा छु ।
म माथि अझ झन् छ अन्याय चर्को
म द्वेश भित्रकै त मधेशमा छु ।
सकेँ न बाँधिन, मनको सिमामा ।
म देश भित्रकै, परदेशमा छु ।
15/01/2011
No comments:
Post a Comment